दफा १४३
सम्पत्तिको रेखदेख, संरक्षण तथा उचित व्यवस्थापन गर्नु पर्ने

(१) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्तिको रेखदेख तथा संरक्षण गर्नु पर्नेछ।
(२) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्ति लगानी गरी कुनै व्यवसाय वा कारोबारगर्न सक्नेछ ।